Kathmandu Press

असार १४ का लागि बाेलाइयाे काेसी प्रदेशसभाको बैठक

अर्थमन्त्रीसमेत रहेका कार्कीले प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका थिए।
असार १४ का लागि बाेलाइयाे काेसी प्रदेशसभाको बैठक
Hardik ivf

विराटनगर, असार ११ : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १४ गते विश्वासको मत लिने तयारी गरेका छन्। त्यसका लागि प्रदेशसभाको बैठक असार १४ गते बोलाइएको छ।

प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले असार १४ मा प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेबमोजिम प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी प्रदेश प्रमुख परशुराम खापुङले असार १४ गते दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेको जानकारी दिएको छ। 

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि एमाले नेता कार्की नेतृत्वको सरकार अल्पमतमा छ। अर्थमन्त्रीसमेत रहेका कार्कीले प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका थिए।

प्रकाशित मिति: १७:३५ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्