Kathmandu Press

लागुऔषध दुर्व्यसनविरुद्ध शान्ति समाजको देशव्यापी सचेतना

लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस ९२६ जुन०का अवसरमा शान्ति समाजको आयोजनामा आज एक दर्जन जिल्लामा विद्यालय केन्द्रित कार्यक्रम सम्पन्न भएको हो।
लागुऔषध दुर्व्यसनविरुद्ध शान्ति समाजको देशव्यापी सचेतना
Hardik ivf

काठमाडाैं, असार ११ : लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्ध मानवअधिकार तथा शान्ति समाजले देशव्यापी जागरण अभियान सुरु गरेको छ।

लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस ९२६ जुन०का अवसरमा शान्ति समाजको आयोजनामा आज एक दर्जन जिल्लामा विद्यालय केन्द्रित कार्यक्रम सम्पन्न भएको हो।

यस क्रममा शान्ति समाजका महोत्तरी, सुर्खेत, पाल्पा, तेह्रथुम, कपिलवस्तु, काठमाडौँ, रुपन्देही, बाँके, चितवन, कास्की, दाङ, नुवाकोटलगायत जिल्ला शाखाले विभिन्न शैक्षिक प्रतिष्ठानमा सचेतना कार्यक्रम आयोजना गरेका हुन्। शान्ति समाज सुनसरी शाखाले पनि लागुऔषध दुर्व्यसन विरुद्ध विद्यालय केन्द्रित सचेतना कार्यक्रम आयोजना गरेको छ।
 
सो अवसरमा शान्ति समाजद्वारा तयार गरिएको लागुऔषध दुर्व्यसनविरुद्ध अभियान शीर्षकको अवधारणापत्र प्रस्तुत गरिएको थियो। अवधारणापत्रमा मूलतः युवापुस्तालाई दुर्व्यसनबाट जोगाउने उद्देश्यले लागुऔषध दुर्व्यसनमुक्त विद्यालय, लागु औषध दुर्व्यसनमुक्त समुदाय र लागुऔषध दुर्व्यसनमुक्त कार्यस्थलमा जोड दिँदै यसका लागि अभिभावक, विद्यालय र समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो।
   
दुर्व्यसनमुक्त विश्वको लक्ष्य हासिल गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ७ डिसेम्वर १९८७ मा पारित प्रस्तावअनुसार हरेक वर्ष २६ जुनका दिन लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ। शान्ति समाजले पनि एक दशक अगाडिदेखि लागुऔषध दुर्व्यसनविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ। यसैगरी यातनापीडितको सहायतार्थ राष्ट्रसङ्घीय दिवस २६ जुनका सन्दर्भमा शान्ति समाज दाङ शाखाले पनि तुलसीपुरमा अन्तक्र्रिया कार्यक्रम गरेको थियो।

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्