Kathmandu Press

‘किशोरावस्थाको मानसिक स्वास्थ्यका विषयमा सचेतना आवश्यक छ’

ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले हेल्थकेयर पत्रकार समाजसँगको सहकार्यमा आज राजधानीमा आयोजना गरेको ‘किशोरावस्थाको मानसिक स्वास्थ्यको मुद्दा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तर्क्रियामा विज्ञले मानसिक स्वास्थ्यका विषयमा अझै पनि मिडियाको ध्यान नपुगेको औँल्याए। 
‘किशोरावस्थाको मानसिक स्वास्थ्यका विषयमा सचेतना आवश्यक छ’
Hardik ivf

काठमाडाैं, असार ११ : किशोरावस्थाको मानसिक स्वास्थ्यका विषयमा सञ्चारमाध्यमले महत्व दिनुपर्ने विज्ञले सुझाव दिएका छन्।  

ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले हेल्थकेयर पत्रकार समाजसँगको सहकार्यमा आज राजधानीमा आयोजना गरेको ‘किशोरावस्थाको मानसिक स्वास्थ्यको मुद्दा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तर्क्रियामा विज्ञले मानसिक स्वास्थ्यका विषयमा अझै पनि मिडियाको ध्यान नपुगेको औँल्याए। 

अन्तक्र्रियामा कान्ति बाल अस्पतालका वरिष्ठ मनोचिकित्सक डा उत्कर्ष कार्कीले नेपालमा ठूलो सङ्ख्यामा किशोरकिशोरीले मानसिक समस्याको सामना गरिरहेका भन्दै मिडियामा उनीहरुका समस्या प्राथमिकतामा पर्न नसकेको बताए। 

उनले भने, 'कान्ति बाल अस्पतालमा कोरोना महामारीपछि मानसिक स्वास्थ्य समस्या लिएर आउने किशोरअवस्थाका बिरामीको सङ्ख्या बढेको छ। यसप्रति अभिभावक र विद्यालय सचेत हुनुपर्छ। साथै आमसञ्चार माध्यमले पनि ध्यान दिनुपर्ने देखिन्छ।'

डा कार्कीका अनुसार कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्योपचार गर्ने बालबालिका तथा किशोरावस्थाका बिरामीको सङ्ख्या सन् २०१८ मा दुई हजार चार सय, सन् २०२१ मा पाँच हजार एक सय र २०२२ मा नौ हजार पाँच सय ९१ रहेका छन्। मानसिक समस्या उपचारपछि निको हुन्छ भन्ने सूचना सम्प्रेषण गर्नमा मिडियाले कञ्जुस्याइँ गर्न नहुनेमा उहाँले जोड जोड दिए। 

वरिष्ठ जनस्वास्थ्य विद् डा अरुणा उप्रेतीले मानसिक समस्या गरिबीका कारण मात्र हुन्छ भन्ने भ्रम समाजमा व्याप्त रहेकाले यो समस्या सबै वर्ग, उमेर समूह र जातजातिलाई हुन सक्छ भन्ने सन्देश मिडियाले सम्प्रेषण गर्नुपर्ने बताए। “मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई जनचेतना अभियानकैरुपमा अघि बढाउनुपर्छ”, उनले भने।

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्