Kathmandu Press

ओखलढुंगामा हँसिया बेच्न हिँडेका वृद्ध मृत भेटिए

घरायसी फलामका हातहतियार हँसिया, कचिया बेच्न हिँडेका चिसङ्खुगढी गाउँपालिका ३ दियालेका ६५ वर्षीय गोठे कामी मृत फेला परेका हुन्।
ओखलढुंगामा हँसिया बेच्न हिँडेका वृद्ध मृत भेटिए

ओखलढुंगा, असार ११ : ओखलढुंगामा हँसिया बेच्न हिँडेका एक एक वृद्ध मृत फेला परेका छन्।

घरायसी फलामका हातहतियार हँसिया, कचिया बेच्न हिँडेका चिसङ्खुगढी गाउँपालिका ३ दियालेका ६५ वर्षीय गोठे कामी मृत फेला परेका हुन्।

आइतबार बिहान हँसिया, कचिया बेच्न भनि घरबाट निस्किएका उनी दुई दिनसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा चिशङ्खुगढी–८ को डढुवा भिरमुनि मृत भेटेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्