ओडिसामा दुई गाडी आपसमा ठोक्किँदा ११ यात्रुको मृत्यु
ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन्।
काठमाडौं, असार ११ : भारतको ओडिसामा दुईवटा गाडी आपसमा ठोक्किँदा ११ जना यात्रुको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। घाइते यात्रुको अवस्था गम्भीर रहेको जनाइएको छ।
भारतीय सञ्चारमाध्यमहरुअनुसार ओडिसाको गंजम जिल्लामा आइतबार राति उक्त दुर्घटना भएको हो। ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना भएको हो। मृतकहरु निजी बसमा सवारहरु रहेको जनाइएको छ।
ओडिसाका मुख्यमन्त्रीले दुर्घटनामा दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेका छन्।
प्रकाशित मिति: १२:१४ बजे, सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार