Kathmandu Press

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा

गएराति अछाम, गुल्मीलगायतका क्षेत्रमा ठूलो पानी परेको हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । त्यस्तै गण्डकीका पनि थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा
Hardik ivf

काठमाडौं, असार १० : अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । गएराति अछाम, गुल्मीलगायतका क्षेत्रमा ठूलो पानी परेको हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । त्यस्तै गण्डकीका पनि थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज काठमाण्डौ उपत्यकासहित, कोशी र मधेस प्रदेशमा मौसम आंशिक बदली हुने अनुमान छ । आज देशभरकै मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै आज दिउँसोपख कतैकतै मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

प्रकाशित मिति: ०९:१० बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्