एनआरएनए युकेको अध्यक्षमा गुरुङको उम्मेदवारी घोषणा
हाल एनआरएनए इंग्ल्यान्ड राज्यपरिषद युकेको अध्यक्ष रहेका गुरुङले २०२३ २०२५ का लागि युकेको अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
काठमाडौं, असार १० : गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षका लागि लालबहादुर गुरुङ ले उम्मेदवारी घोषणा गरेका छन् ।
हाल एनआरएनए इंग्ल्यान्ड राज्यपरिषद युकेको अध्यक्ष रहेका गुरुङले २०२३-२०२५ का लागि युकेको अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
गैरआवासीय नेपाली संघको त्यही गरिमा र महत्वले छोएकै कारण, घरदेश र परदेशका निम्ति केही न केही गर्नै पर्छ भन्ने हुटहुटीका कारण आफुपनि एनआरएनमा जोडिएको र लामो समयसम्म एनआरएनका विभिन्न तहमा बसेर काम गरिसकेकाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको गुरुङले बताउँछन् ।
गुरुङले बंशजको नागरिकता निरन्तरता, एक पटकको नेपाली सबैको नेपाली, गोर्खालीको मुद्दा हाम्रो मुद्दा, वर्तमान र भविष्यको समस्या समाधान गर्नका लागि बिज्ञकार्य समिति तयार लगायतका एजेण्डा सहित चुनावी मैदानमा होमिएका छन् ।
गुरुङले यसअघि एनआरएनए युकेको सदस्य यूवा संयोजक, एनआरएनए इंग्ल्यान्ड राज्यपरिषदको उपाध्यक्ष पदमा बसेर काम गरिसकेका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित कोल्मामा जन्मिएका गुरुङले आफ्नो गाउँको पर्यटन प्रबद्र्धनका लागि हरेक बर्ष क्रसकन्टी दौड प्रतियोगिता गराएर आफ्नो गाउँलाई विश्वमा चिनाउने अभियानमा समेत सक्रिय रहँदै आएका छन् ।












