स्वयम्भूमा खुल्यो जुम ब्युटीको नयाँ शाखा, सन्दीप र केकीले गरे उद्घाटन
कुपनडोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, महाराजगञ्ज, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरू सञ्चालित छन्।
काठमाडौं, असार १० : नायिका केकी अधिकारी र सन्दीप क्षेत्रीले जुम ब्यूटी एकेडेमीको नयाँ शाखा उद्घाटन गरेका छन् । कलाकारहरू अधिकारी र क्षेत्रीले सानो भर्याङ स्वयम्भूमा निर्मित एकेडेमीको ११ औँ शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।
कुपनडोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका यसअघि कलंकी, महाराजगञ्ज, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरू सञ्चालित छन्।
गुणस्तरयुक्त प्रबिधि, सेवामूलक र सम्पूर्ण सुबिधा सम्पन्न जुम ब्युटी एकेडेमीमा दक्ष अनुभवी सौन्दर्य कर्मीद्वारा सेवाग्राहीले यो शाखाबाट पनि सेवा लिन पाउने सञ्चालक जुनु चक्रधरले बताइन् ।
यसका साथै यस पार्लरमा अन्तर्राष्ट्रिय स्तरको हेयर स्टायल ट्रेनिङ्ग, मेकअप ट्रेनिङ्ग, सेल्फ मेकअप, प्रोफेसनल ट्रेनिङ्ग लगायतका ट्रेनिङ्गको ब्यबस्था पनि छ ।
कार्यक्रममा एकेडेमीका सञ्चालकद्वय सौन्दर्यबिद् जुनु चक्रधर र कृषप तनावासुले अतिथिहरूलाई स्वागत गरेका थिए । नायिका केकी अधिकारी र सन्दीप क्षेत्रीले रिवन र केक काटेर नयाँ शाखा उद्घाटन गर्दै सफलताको भव्य शुभकामना समेत व्यक्त गरेका छन् ।












