जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपाले पहिलोपटक विधान अधिवेशनमा आयोजना गर्न लागेको हो। अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्ने जनाइएको छ।
काठमाडौं, असार ९ : जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन भोलि (आइतबार) देखि हुँदैछ।
त्यसैको पूर्वसन्ध्यामा आज (शनिबार) सो पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ। आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु हुने जसपाको विधान अधिवेशन तीन दिनसम्म चल्नेछ।
जसपाले पहिलोपटक विधान अधिवेशनमा आयोजना गर्न लागेको हो। अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्ने जनाइएको छ।
प्रकाशित मिति: १४:२३ बजे, शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार