Kathmandu Press

सदरमुकाम जोड्ने सभाखोला पुल खतरामा

सदरमुकाम जोड्ने सभाखोला पुल खतरामा

संखुवासभा, असार ८ः एकसाता अघि गएको बाढीले संखुवासभा सदरमुकाम खाँदबारी जोड्ने सभाखोलाको पुल खतरामा परेको छ । सभाखोलाको दायाँबायाँ दुई किलोमिटरसम्म ३० मिटर बालुवा थुप्रिएपछि पुल खतरामा परेको हो । पुलभन्दा ३० मिटर गहिराइमा रहेको सभाखोला अहिले पाँच फिट तलबाट बग्न सुरु गरेको छ । 

पुलमा खतरा बढेपछि सडक डिभिजन कार्यालय तुम्लिङटारले बालुवा झिकेर खोला फर्काउने प्रयास गरिरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

Hardik ivf

असार २ गते हेवा खोलामा आएको बाढीले बालुवा थुपारेपछि पुल भत्कने अवस्थामा पुगेको हो । बाढी आएको हेवाखोला सभाखोलामा आएर मिसिन्छ ।

बाढीले ६ मेगावाटको निर्माणाधिन सुपरहेवा हाइड्रोपावरका १८ मजदुर बेपत्ता पारेको थियो । ती मजदुरको अवस्था अझैसम्म अज्ञात छ ।

प्रकाशित मिति: १९:१८ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्