Kathmandu Press

ओलम्पिक डे २०२३ मनाइयाे

शुक्रबार ललितपुरको लगनखेलस्थीत नेपाली सेनाको खेदकुद तथा शारिरिक तालिम केन्द्रमा ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गर्दै ओलम्पिक डे २०२३ मनाइएको हो।
ओलम्पिक डे २०२३ मनाइयाे

नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधान तथा स्पोर्ट्स फर अल कमिसनको आयोजनामा ओलम्पिक डे २०२३ मनाइएको छ।

शुक्रबार ललितपुरको लगनखेलस्थीत नेपाली सेनाको खेदकुद तथा शारिरिक तालिम केन्द्रमा ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन गर्दै ओलम्पिक डे २०२३ मनाइएको हो।

कार्यक्रममा एनओसीपूर्व अध्यक्ष जीवनराम श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरिएको थियो भने खेल कलाकौशल प्रस्तुत गरिएको थियो। नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाउँदै आएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र आधुनिक ओलम्पिकको सुरुवात भएको दिन २३ जुनको अवसर पारेर नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरेर ओलम्पिक डे मनाइन्छ।

प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्