Kathmandu Press

दाङको घोराहीमा प्रदेश स्तरीय रंगशाला बन्ने

लुम्बिनी प्रदेश सरकारले प्रदेशको गौरवको योजनाकै रुपमा नेत्रलाल अभागी खेलकुद रङ्गशालाको निर्माण कार्य अघि बढाएको हो।
दाङको घोराहीमा प्रदेश स्तरीय रंगशाला बन्ने

दाङ, असार ८ : दाङको घोराही उपमहानगरपालिका–१६ कारौतिडाँडामा प्रदेश स्तरीय रङ्गशाला बन्ने भएको छ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशको गौरवको योजनाकै रुपमा नेत्रलाल अभागी खेलकुद रङ्गशालाको निर्माण कार्य अघि बढाएको हो। इन्डोर र आउटडोरका सबै खेल खेल्न मिल्ने गरि २७ विगाहा क्षेत्रफलमा अत्याधुनिक खेलकुद रङ्गशाला बनाइने प्रदेश सरकारको गुरुयोजना रहेको छ।

अहिलेसम्म एक करोड ५६ लाख बजेटबाट मैदान सम्याउने र वाल लगाउने काम भएको नेत्रलाल अभागी रङ्गशाला व्यवस्थापन समितिका अध्यक्ष देउमान दमाईले जानकारी दिए। आर्थिक वर्ष २०७६/७७ बाट निर्माण प्रक्रिया सुरु भएको रङ्गशाला सुरुमा ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

तर प्रदेश सरकार परिवर्तन हुँदा पर्याप्त बजेट अभावका कारण थप संरचना निर्माणको काम गर्न समस्या हुने समितिले जनाएको छ। 

प्रकाशित मिति: १५:१७ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्