Kathmandu Press

वडाध्यक्षलाई कारबाही गर्न गाउँपालिकाको पत्राचार

कर्मचारीमाथि हातपात गरेको आरोपमा वलीलाई कानुनी कारबाहीको माग गरी बिहीबार पत्राचार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिए। उनले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर कारबाहीको माग गरेका हुन्।  
वडाध्यक्षलाई कारबाही गर्न गाउँपालिकाको पत्राचार

दाङ, असार ८ : दाङको शान्तिनगर गाउँपालिकाले वडा नं २ का वडाध्यक्ष सुनिल वलीलाई कारबाही गर्न पत्राचार गरेको छ। वलीले कर्मचारीमाथि हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङसँग कारबाहीका लागि पत्राचार गरिएको हो। 

कर्मचारीमाथि हातपात गरेको आरोपमा वलीलाई कानुनी कारबाहीको माग गरी बिहीबार पत्राचार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिए। उनले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर कारबाहीको माग गरेका हुन्।  

Hardik ivf

वडाध्यक्ष वलीले बिहीबार दिउँसो शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको खड्काले जानकारी दिए।

खड्काका अनुसार वडाध्यक्ष वली स्थानीय शिक्षा शाखामा प्रवेश गरी एक आयोजनाको फाइल माग गरेपछि सो विषयमा विवाद उत्पन्न भएको थियो। त्यसलगत्तै वडाध्यक्ष वलीले त्यहीँ रहेका शिक्षा अधिकृत पाण्डेलाई हातपात गरेका थिए। 

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, असार ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्