Kathmandu Press

लागुऔषध कारोबार गर्ने ५ जना विदेशी सहित १२ जना पक्राउ

व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेष्ठ २८ देखि असार ७ गतेसम्म गरिएको अपरेशनका क्रममा लागू औषध कारोवार गर्ने ५ जना विदेशी सहित १२ जनालाई पक्राउ गरेको जानकारी दिएको हो।
लागुऔषध कारोबार गर्ने ५ जना विदेशी सहित १२ जना पक्राउ

काठमाडाैं, असार ८ : नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध कारोबार गर्ने ५ जना विदेशी सहित १२ जनालाई पक्राउ गरेको छ।

ब्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेष्ठ २८ देखि असार ७ गतेसम्म गरिएको अपरेशनका क्रममा लागू औषध कारोवार गर्ने ५ जना विदेशी सहित १२ जनालाई पक्राउ गरेको जानकारी दिएको हो।

Hardik ivf

व्युरोले गत जेष्ठ २८ गते काठमाडौको सिनामंगलमा भारत घर भएका हेमन्त कुमार भगतलाई खैरो हिरोइन १०० ग्राम सहित नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरि पेस्तोल खोस्ने प्रयास गरेकाले जवाफ कारवाही गर्दा बायाँ खुट्टामा गोली लागी उपचार भइरहेको र उनीसंग सोधपुछ गर्दा भारत घर भइ धरान बस्ने राम भजन भन्ने शंजिव कुमारको समेत संलग्नता देखिएकाले उनलाइ पक्राउ गरिएको जनाएको छ।

त्यस्तै करिव ७ किलो लागू औषध चरेश सहित एक जना जर्मन नागरिकलाई इस्तानबुल जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिए। उनले विशेष अपरेशनका क्रममा १० हजार १ सय ३० पिस एलएसडी स्टीकरसहित ५ लाई पक्राउ गरिएको बताए।

ठमेल सातघुम्तीबाट काठमाडौं चन्द्रागिरी घर भएका सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिहरुलाई पनि पक्राउ गरिएको जोशीले जानकारी दिए। उनले कागजमा टास्ने स्टिकरको स्वरुपमा एलएसडी बरामद गरिएको पनि बताए।

त्यस्तै अनुसन्धानका क्रममा अवैध लागू औषधसहित बिभिन्न तीन जनालाई पक्राउ गरिएको व्युरोले जनाएको छ। पक्राउ परेकाहरुबाट बरामद अवैध लागू औषधको अवैध बजार मूल्य २ करोड ३३ लाख भन्दा बढि रहेको पनि व्युरोले जानकारी दिएको छ। 

प्रकाशित मिति: १३:५९ बजे, शुक्रबार, असार ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्