अर्यालसहित १० जनालाई राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कार
लामो समयदेखि युवाका विविध सवालमा काम गर्दै आएका अर्यालसहित विभिन्न क्षेत्रका १० युवालाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले यसबर्षको राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट नगद रू १ लाखसहित सम्मान गरेको हो ।
काठमाडौं, असार ८ : ग्लोबल युथ पालियामेन्टका अध्यक्ष दिवाकर अर्याल सहित १० जना राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित भएका छन् ।
लामो समयदेखि युवाका विविध सवालमा काम गर्दै आएका अर्यालसहित विभिन्न क्षेत्रका १० युवालाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले यसबर्षको राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट नगद रू १ लाखसहित सम्मान गरेको हो ।
युवाका विभिन्न क्षेत्रमा प्रत्येक बर्ष १० जना युवालाई गरिदैं आएको सम्मान यसपटक युवा शशक्तिकरण र नेतृत्व बिकास क्षेत्रबाट अर्याल सम्मानित भएका हुन् । उनीसहित हिरा बहादुर घर्ती, चन्द्र प्रसाद बस्नेत, हिरुलाल डंगौरा, भावना भट्ट, सिर्जना ओली, शौरभ रिमाल, दिपेन्द्र नेपाली र डा। राम थापा क्षेत्री रहेका छन् ।
धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ४ मा ढोलामा जन्मिएका ३२ बर्षीय अर्यालले ग्लोबल युथ पालियामेन्टलाई अहिले विभिन्न देशमा फैलदै ८६ मुलुकमा शाखा विस्तार गरिसकेका छन् । यस्तै ८० वढी देशका युवालाई सहभागि गराएर युवाको राष्ट्रिय सम्मेलन समेत गरिसकेका छन् ।

अर्याललाई यसअघि नेपाल सरकारले “समाजसेवा रत्न २०७९” विभुषणदबाट समेत विभुषित गरिसकेको छ । उनले नेपालको प्रवर्द्धन तथा अन्तराष्ट्रिय सम्वन्ध र कुटनितिमा समेत महत्वपुर्ण योगदान पुर्याएका छन् ।
यस्तै सम्मानित भएका घर्तीले सुर्खेत जिल्लाका व्यवसायिक डागन खेतीमार्फत युवाहरुलाई रोजगारी दिएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव सूर्य प्रसाद गौतम र राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत लगायतले सम्मानित सबैलाई प्रमाणपत्र वितरण गरेका हुन् ।












