रुकुममा जिप दुर्घटना, ८ जना घाइते

सुर्खेत, असार ७ः रुकुम पश्चिममा जिप दुर्घटना भएको छ । मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गर्दा भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।
घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका – ५ की ८ वर्षिया बालिका वर्षा केसी रहेकी छन् । अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ६ जना मुसिकोट नगरपालिकाका र दुई जना दाङका रहेका छन् । घाइते सबैलाई उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रकाशित मिति: १०:०६ बजे, बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
