जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैठकमा समसामयीक राजनीतिक अवस्था, असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने विधान महाधिवेशनको तयारीबारे छलफल हुने छ ।
काठमाडौं, असार ७ : जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकमा समसामयीक राजनीतिक अवस्था, असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने विधान महाधिवेशनको तयारीबारे छलफल हुने छ ।
आज चारदलीय समाजवादी मोर्चामा पार्टी सहभागी भएको विषयमा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिका सदस्यहरूलाई ब्रिफिङ गर्नेछन्।
प्रकाशित मिति: ०८:३८ बजे, बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार