पहिलो स्थापना दिवस मनाउँदै रास्वपा
रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ। चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको छ ।
काठमाडौं, असार ७ : संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार (आज) पहिलो स्थापना दिवस मनाउँदै छ। गत असार ७ गते पार्टी घोषणा भए पनि निर्वाचन आयोगमा भने रास्वपा असार १७ गते दर्ता भएको हो। पार्टी स्थापना दिवसको अवसरमा आज बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ। चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको छ ।
त्यस्तै, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुखहरू नेपाल स्थित कूटनीतिक नियोग प्रमुख, उद्योगी, व्यवसायीहरूलाई पनि चियापानका लागि निम्तो पठाइएको उनले बताए।
पार्टी स्थापना दिवसका सन्दर्भमा प्रदेश र जिल्ला तहका कमिटीहरूले पनि स्वस्फूर्त चियापान र विविध कार्यक्रम राखेका छन्। स्थापना दिवसकै अवसर पारेर रास्वपाको कार्यालय नयाँ ठाउँमा सर्दैछ।
बसुन्धरामा रहेको केन्द्रीय कार्यालय बालाजुमा सर्न लागेको हो। पार्टीले ६ तले घरको पाँचवटा तला भाडामा लिएको छ। मासिक ३ लाख तिर्नेगरी घर भाडामा लिएको रास्वपाले बताएको छ।