Kathmandu Press

मण्डनदेउपुर नगरपालिकाको वार्षिक प्रगतीको समीक्षा

मण्डनदेउपुर नगरपालिकाको वार्षिक प्रगतीको समीक्षा

काभ्रे, असार ६ : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को बार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम र बजेट तयारी गोष्ठी सम्पन्न गरेको छ।

आज कुन्ताबेसीमा नगरप्रमुख टोक बहादुर वाईबाको अध्यक्षता र जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो।

गोष्ठीमा उपप्रमुख विष्णुमणी नेपाल, प्रमुख प्रशासकीय अधिकृत डाक्टर लोक बहादुर लोप्चन, जिल्ला समन्वय समितिका सदस्यहरु, नगरस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, शाखा प्रमुखहरु, पत्रकार उपस्थित थिए।

Hardik ivf

नगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चालु खर्च तर्फ ६०.५० प्रतिशत र पूँजीगत खर्च तर्फ ५०.३७ प्रतिशत गरी खर्च भएको छ। नगरपालिकाको जेठ मसात्तसम्म ५५.६६ प्रतिशत खर्च भएको लेखा शाखाका प्रमुख पुष्पराज बजागाईले जानकारी दिए।  

IMG_50031687361311.JPG

नगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म खानेपानी तथा सरसफाई तर्फ ९२० वटा धारा जडान गरेको छ। २३ वटा इन्टेक निर्माण गरेको छ। यो आर्थिक वर्षको जेठसम्म ९.८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ। योसंगै नगरपालिकाको लगानीमा कुल २४.७०० किलोमिटर सडक कालोपत्रे सकिएको छ। १२.८ किलोमिटर नयाँ सडक खनिएको छ। २ हजार ८८४ किलोमिटर पक्की नाली निर्माण गरिएको छ।

नगरपालिकाभित्र चालु आर्थिक वर्षमा १७ वटा सोलार बत्ती जडान गरिएको छ। योसंगै नगरभित्र सोलार बत्तिको संख्या ६६ वटा पुगेको छ।

नगरपालिकाभित्रको ७ वटा स्वास्थ्य चौकी, ५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र २ वटा शहरी स्वास्थ्य सेवा केन्द्र मार्फत चालु आर्थिक वर्षमा २२ हजार ३१५ जनाले सामान्य स्वास्थ्य पाँच गरेका छन्। नगरपालिकाभित्र १७ वटा गाउँघर क्लिनिक र ३३ वटा खोप क्लिनिक सञ्चालनमा रहेका छन्। पूर्ण खोप लगाउने बालबालिकाको संख्या ८८.७ प्रतिशत रहेको छ। १४ जना कुपोषित बालबालिकाको उपचार गरिएको छ भने २ हजार १२६ जना बालबालिकाको पोषण जाँच गरिएको छ।

२८५ जनाको स्वास्थ्य संस्थामा पहिलो पटक गर्भ जाँच गरिएको छ। नगर अस्पतालबाट १०७ जनाले निःशुल्क भिडियो एक्सरे सेवा लिएका छन् भने १०२ जनाले प्रसुति केन्द्रबाट सेवा लिएका छन्। १ हजार ८६७ जना किशोरीले एक पटकका दरले २६ हप्ता आइरन खाएका छन्। निःशुल्क चस्मा वितरण, महामारी ब्यवस्थापन, ज्येष्ठ नागरिकका लागि निःशुल्क आँखा परीक्षण, ४३ जनाको निःशुल्क मोतियाविन्दुको अप्रेसन गरिएको छ। ३० वर्ष माथिका २ हजार ७६५ जनाको सुगर जाँच गरिएको छ।

बाल विकास तहदेखि १२ कक्षासम्मका शिक्षकहरुलाई उत्तप्रेरित गर्न बृहत अन्तरक्रिया सम्पन्न भएको छ। विद्यार्थीको प्रतिभा प्रष्फुटन गराउन तहगत रुपमा विभिन्न प्रतियोगिता सञ्चालन गरिएको छ। प्रधानाध्यपाक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक विद्यार्थी अभिभावक संघका अध्यक्ष तथा जनप्रतिनिधिबीच कार्यशाला सम्पन्न भएको छ। उत्कृष्ट शैक्षिक उपलब्धी हासिल गर्ने विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरिएको छ।

IMG_48301687361311.JPG

शौक्षिक क्यालेन्डर प्रकाशन गरिएको छ। ६ हजार विद्यार्थीलाई गृहकार्य डायरी वितरण गरिएको छ। कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्र निर्माण गरि पठनपाठन शुरु गरिएको छ भने कक्षा १ देखि ३ सम्म तामाङ र डोने मातृ भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी मातृभाषामा पठनपाठन भइरहेको छ।

३३ जनालाई सिलाई बुनाई, १५ जनालाई बाख्रा पालन, ७ जनालाई तरकारी खेती, ३ जनालाई मोटरसाइकल मर्मत र १५ जनालाई गलँैचा बुभनाई तालिम प्रदान गरिएको छ। ८० जना सूचीकृत बेरोजगार ब्यक्तिहरुलाई १ सय दिनको न्यूनतम रोजगारी प्रदान गरिएको छ। कोभिड–१९ बाट रोजगारी गुमाएका ५८७ घरपरिवारलाई जनही १० हजारका दरले नगद हस्तान्तरण गरिएको छ।

मेलमिलाप केन्द्र मार्फत १५ वटा विवाद समाधान भएको छ। मेलमिलाप सम्बन्धि आठ दिवसिय आधारभूत तालिम सम्पन्न भएको छ। ७२ जना महिलालाई उद्घोषण तथा भाषण कला तािलम दिइएको छ। अपांगता भएका ब्यक्तिका लागि ३ वटा शिविर सञ्चालन गरिएको थियो। उक्त शिविरबाट ६ जना क वर्गको, ९ जना ख वर्ग, १९ जना ग वर्ग र १७ जनालाई घ वर्ग गरि कूल ५१ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको छ। चालू आर्थिक वर्षमा ५५ जना पुरुष र ३३ जना महिलालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ। हालसम्म १ हजार १३१ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ।

नगरपालिका अन्तर्गतका १२ वटै वडा कार्यालय, स्वास्थ्य चौकी, माध्यामिक विद्यालय र आधारभूत विद्यालय लगायत ७० भन्दा बढी कार्यालयमा उच्च गुणस्तरको फाईबर सहितको इन्टरनेट जडान गरिएको छ। नगरपालिकाबाट प्राइभेट नेटवर्क विस्तार गर्ने कार्य सम्पन्न गरिएको छ।

७३१ जनालाई ब्यावसायिक तरकारी खेती तालिम दिइएको छ। १० हजार केजी मकवानपुर–१ र ७ हजार १४३ केजी खुमल–४ जातको धानको बिउ वितरण गरिएको छ। ११० मेट्रिकटन कृषि चुन वितरण गरिएको छ भने ६८ वटा पक्की आइरन फ्रेम निर्माण गरिएको छ।

७ हजार ५२१ गाई, ४ हजार ८९८ भैसी, १८ हजार ६१३ बाख्रा, १७० बंगुर लाई खोरेत विरुद्धको खोप लगाइएको छ। १७३ वटा कुकुरको स्थायी बन्ध्याकरण तथा ४४२ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ।  ३५ हजार ५९९ वटा पशुवस्तुलाई भेटिरिनरी औषधि वितरण गरिएको छ।

IMG_48181687361286.JPG

जिसस प्रमुख गौतमले नगरपालिकाको विकास अन्य पालिकाले पनि सिक्न लायक रहेको भन्दै सबै राजनीतिक दल, नागरिक समाज र नगरबासीको विकास निर्माण प्रति साझा धारणा हुँदा पनि उपब्धी हासिल गर्न सकिने बताए।

नगरप्रमुख वाईबाले नगरपालिकाको विकास गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको बताए। उनले अधिकांश सुझावहरु सकारात्मक रहेको भन्दै नगरपालिकाको स्रोत र साधनले भ्याएसम्म तीब्र गतिमा काम गर्ने बताए।    

उपप्रमुख नेपालले नगरपालिकाले अझै धेरै काम गर्न बाँकी रहेको भन्दै लयभन्दा बाहिर नगएको बताउँदै विकास निर्माण सबैको साझा एजेण्डा भएको बताए।

कार्यक्रममा दलका प्रतिनिधिहरुले नगरपालिकाले आगामी वर्षका लागि समावेश गर्नुपर्ने योजना र बजेटका बारेमा सुझाव दिएका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा (एकीकृत समाजवादी) का नगर स्तरीय प्रमुख एवं प्रतिनिधिले सुझाव दिएका थिए।

 

प्रकाशित मिति: २१:०८ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्