Kathmandu Press

पहिराका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध

मेची राजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र काबेली पुल नजिकै झरेको पहिरोले केन्द्रीय प्रसारण लाइनको तीनवटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो।
पहिराका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध
Hardik ivf

ताप्लेजुङ, असार ६ : ताप्लेजुङमा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध भएको छ।

मेची राजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र काबेली पुल नजिकै झरेको पहिरोले केन्द्रीय प्रसारण लाइनको तीनवटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो।
 
मध्यरातमा सडकभन्दा मुनिबाट झरेको पहिरोले पोल ढलेको थियो। पहिरोले एउटा पोल तानिएपछि नजिकका अन्य पोलसमेत ढलेकाले पुनस् विद्युत सञ्चालनमा समय लाग्ने विद्युत् प्राधिकरणको  ताप्लेजुङ शाखाले जनाएको छ। मर्मतका लागि बिहानदेखि विद्युत्का कर्मचारी खटिएका छन्।
 
विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम फुङ्लिङ सहितका सर्वसाधरण तथा व्यवसायीहरु मारमा परेका छन्। सदरमुकामसहित केही ग्रामीण क्षेत्रसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छ।

प्रकाशित मिति: १३:१० बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्