Kathmandu Press

चट्याङ लागेर एकको मृत्यु

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो।
चट्याङ लागेर एकको मृत्यु

नवलपरासी, असार ६ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका १ भटुकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
    
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो।

उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेको थियो। चट्याङ्ग लागेर घाइते भएका उनलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। सारु श्रीमतीसँगै खेतमा काम गर्दै थिए।

प्रकाशित मिति: १२:०५ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्