Kathmandu Press

ललितपुर जुत्ताचप्पल मेला : १० ब्राण्डका ५ हजारभन्दा बढी डिजाइन, उपभोक्ताको बढ्यो क्रेज

‘बी नेपाली बाई नेपाली’ भन्ने मुल मन्त्रका साथ चलिरहेको गत जेठ १७ गतेदेखि ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा संचालनमा आएको मेला असार १६ गते सकिदैछ।
ललितपुर जुत्ताचप्पल मेला : १० ब्राण्डका ५ हजारभन्दा बढी डिजाइन, उपभोक्ताको बढ्यो क्रेज

काठमाडाैं, असार ६ : स्वदेशी उत्पादनका जुत्ताचप्पलहरुको प्रथम ललितपुर जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताहरुको क्रेज दिनप्रतिदिन बढ्न थालेको छ।

‘बी नेपाली बाई नेपाली’ भन्ने मुल मन्त्रका साथ चलिरहेको गत जेठ १७ गतेदेखि ललितपुरको जावलाखेलमा रहेको खेल मैदानमा संचालनमा आएको मेला असार १६ गते सकिदैछ। पहिलो पटक ललितपुरमा लागेको मेला अवलोकन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै जान थालेपछि आयोजक मात्र नभएर उपभोक्ता समेत उत्साहित भएका छन्।

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ नारासहित शुरु भएको मेलामा १० वटा प्रख्यात नेपाली ब्राण्डका जुत्ताचप्पलका ५ हजार भन्दा बढी डिजाइन उपलब्ध रहेका छन्।
 
देशको अर्थतन्त्र खस्किएको बेला ग्राहकले बजारमा पाउने भन्दा सस्तो मुल्यमा गुणस्तरीय जुत्ताचप्पल पाउन सक्ने र उद्योगीहरुलाई पनि केही राहत हुने भएकाले मेला आयोजना गरेको फुट्वेयर म्यानुफ्याक्चर्स एशोशियसन अफ नेपाल (एफम्यान)का अध्यक्ष नानीराज घिमिरेले जानकारी दिए।

Hardik ivf

ललितपुरमा मेला सुरु गरेको छोटो समयमा नै धेरै ग्राहकहरुको माया पाएको बताउँदै अध्यक्ष घिमिरेले सम्पुर्ण ग्राहकहरुलाई मेलामा आएर स्वदेशी उत्पादनलाई माया गर्न र एकपल्ट प्रयोग गरिदिन आग्रह गरे।

त्यस्तै एशोशियसनका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले चर्चित नेपाली ब्राण्डहरुको ब्राण्डिङ, प्रचारप्रसार र आफ्ना उत्पादनहरुलाई उपभोक्ता माझ पु¥याउनका निम्ति मेला आयोजना गरेको बताउँदै मेलामा २ वर्षभन्दा माथिका सबैलाई हुने जुत्ताहरु १५ देखि ५० प्रतिशतसम्म छुटमा पाउन सकिने भएकाले सबैलाई आएर मौकाको फाईदा उठाउन आग्रह गरे।

त्यस्तै एशोसियसनका अर्का पूर्वअध्यक्ष कृष्णप्रसाद फूयाँलले नेपाली उत्पादनलाई प्रबद्र्धन गर्नको लागि एशोसियशनले देशव्यापी रुपमा मेला आयोजना गर्दै आएको बताए । उनी भन्छन्– ‘बजारमा पाउनेभन्दा एकदमै सस्तो मुल्यमा गुणस्तरिय जुत्ताचप्पल बिक्रि वितरण गर्नुका साथै स्वदेशमा नै स्तरिय जुत्ता बन्दोरहेछ भनेर प्रमाणित गर्नका लागि हामीले मेलाको आयोजना गरेका हौ ।’ साथै ललितपुर जुत्ताचप्पल व्यापार मेलाले आर्थिक मन्दी खेपिरहेका उपभोक्ता तथा व्यवसायीलाई राहत दिएको उनको भनाई छ।

आफ्ना उत्पादनका कमीकमजोरीहरुलाई सुधार गर्दै विल्कुलै नयाँ प्रोडक्ट र हाइ क्वालीटीका राम्रा र बलिया जुत्ताहरु मेलामा लन्च गरिएको बताउँदै मेला आयोजक तथा केटिएम सुजका प्रबन्ध निर्देशक प्रमोद महतोले अहिले देशमा आएको आर्थिक मन्दीका कारण बिना फाईदा नै काम गरिरहेको हुनाले सम्पुर्ण उपभोक्ताहरुलाई मेलामा आई अधिक छुटमा जुत्ता किनेर लैजान आग्रह गरे।

त्यस्तै मेलामा २ हजार रुपैयादेखि ९ हजार सम्मका बलिया र टिकाउयुक्त जुत्ता पाउन सकिने बताउँदै मेला संयोजक दिवाकर गिरीले यो मेला अन्य मेलाहरु भन्दा भिन्न रहेकाले उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको जानकारी दिए।

मेलामा भेटिएका उपभोक्ता पनि सस्तो र राम्रो जुत्ता पाएपछि खरिद गरेरै फर्कने गरेका छन् । आफूले सोचेभन्दा कम मुल्यमा सोचेजस्तो जुत्ता पाउँदा आफूले ३ जोर जुत्ता किनेको महोत्तरीका फिजनसिंह कुशवाह बताउँछन् । त्यस्तै भैसेपाटीबाट आएका उमेश बसेल सस्तो मुल्यमा विदेशी जुत्ताभन्दा राम्रो स्वदेशी जुत्ता किन्न पाउँदा मख्ख देखिन्थे।

मेलामा नेपालमा चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु किरण शुज म्यानुफ्याक्चर्सको उत्पादन– गोल्डस्टार, रोयल शु इन्डष्ट्रिजको उत्पादन– रोयल शुज, वेस फुटवेयरको उत्पादन – बीएफ डियर हिल र बीएफ स्पोर्टस, लालिगुराँस फुटवेयरको– क्रस रोड शुज, शुभकामना फुटवेयरको– फस्टवाक शुज, नमस्ते फुटवेयरको– सिल, सुरभी पोलिमर्सको– हाई लाइफ, केटीएम शुजको –केटीएम, डीजे शुज कम्पनीको– डीजे शुज गरी नौवटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहेको छ।

मेलामा २० देशि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ भने हरेक जुत्तामा ६ महिनाको वारेन्टी र यदि जुत्ता बिग्रिएको भए एक हप्ताको समयावधिमा साट्न सकिने व्यवस्था रहेको छ । मेला बिहान ९ बजे देखि वेलुकी ८ः०० बजेसम्म चल्ने आयोजकले जानकारी दिएका छन्।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र स्वदेशी उत्पादनका जुत्ताचप्पललाई माया गर्न आफ्नै आँगनमा लागेको मेलामा गएर स्वदेशी जुत्ताचप्पल खरिद गरि साथ दिन आयोजकको आग्रह छ ।

 

 
 

 

 

प्रकाशित मिति: १२:०२ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्