Kathmandu Press

चिर्पट प्रहार गरी श्रीमतीको हत्या

चिर्पट प्रहार गरी श्रीमतीको हत्या
Hardik ivf

ताप्लेजुङ, असार ६ः ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । 

प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरी चौकी काँडेभञ्ज्याङबाट  घटनास्थलमा पुगेको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १०:४० बजे, बुधबार, असार ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्