चिर्पट प्रहार गरी श्रीमतीको हत्या

ताप्लेजुङ, असार ६ः ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरी चौकी काँडेभञ्ज्याङबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: १०:४० बजे, बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












