Kathmandu Press

पश्चिमी भेगमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ–गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
पश्चिमी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार ६ : अहिले देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ–गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Hardik ivf

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ–गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भोलि बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोसी, मधेश र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति भने कोसी तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

असार ८ गते शुक्रबार कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने कोसी, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ०८:२८ बजे, बुधबार, असार ६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्