Kathmandu Press

कानुनसम्मत कारबाही सुनिश्चित गर्नुपर्ने

विगत केही समयदेखि प्राज्ञिक निकाय÷व्यक्तिमाथि आक्रमण गर्ने, कालोमोसो दल्नेजस्ता घटना घटिरहेकोप्रति शान्ति समाजले गम्भीर चिन्ता व्यक्त गरेको छ।
कानुनसम्मत कारबाही सुनिश्चित गर्नुपर्ने
Hardik ivf

काठमाडाैं, असार ५ : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले २०८० असार ४ गतेदेखि प्रारम्भ गरेको अनशनप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

'तीन वर्षअघि उपप्राध्यापक चलाउनेमाथि साङ्घातिक आक्रमण भएपश्चात् सोही सम्बन्धमा काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगको मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको र सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा फिर्ताको निवेदन दर्ता गरेपछि उपप्राध्यापक चलाउनेले न्यायका लागि अनशन थाल्नुभएको जानकारी प्राप्त भएको छ,' समाजद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ। 
    
अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सरकारी निर्णयको शान्ति समाजले निन्दा गर्दै कानूनी शासनको उपहास गर्दै सरकारले गरेको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ। विगत केही समयदेखि प्राज्ञिक निकाय÷व्यक्तिमाथि आक्रमण गर्ने, कालोमोसो दल्नेजस्ता घटना घटिरहेकोप्रति शान्ति समाजले गम्भीर चिन्ता व्यक्त गरेको छ।

प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्