Kathmandu Press

कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा, २९४ को उपधारा ९३० बमोजिम उक्त आयोगको आर्थिक वर्ष २०७८/८९ को चौथो वार्षिक प्रतिवेदन सदस्य रेणुदेवी साहले बुझाएकी हुन्। 
कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण

मोरङ, असार ५ : कोशी प्रदेशका  प्रमुख परशुराम खापुङलाई मधेसी आयोगले चौथो वार्षिक प्रतिवेदन बुझाएको छ।  

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा, २९४ को उपधारा ९३० बमोजिम उक्त आयोगको आर्थिक वर्ष २०७८/८९ को चौथो वार्षिक प्रतिवेदन सदस्य रेणुदेवी साहले बुझाएकी हुन्। 

Hardik ivf

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मुलुकको विकासका लागि समानुपातिक सहभागिता जुटाएर आगाडि बढ्नुपर्ने बताए। उनले नेपालको संविधानमा उल्लेख भएअनुसार लोकतन्त्र, गणतन्त्र एवम् धर्म निरपेक्षता बलियो बनाए मुलुक  सुदृढ र समृद्ध हुने चर्चा गरे।

प्रदेश प्रमुख खापुङले हिमाल, पहाड र तराईमा बसोबास गर्ने बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक जातिको सम्बन्धलाई ध्यानमा राखी आयोगले प्रतिवेदन तयार गरेकामा खुसी व्यक्त गरे।

सदस्य साहले दुई वर्षको मेहनतका साथ मधेसमा बस्ने जातिजातिको तथ्याङ्क र मधेसमा महिला हिंसाको उजुरी अत्यधिक भएको प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिइन्।

प्रकाशित मिति: १७:१९ बजे, मंगलबार, असार ५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्