नागरिकताको माग गर्दै प्रदर्शनमा उत्रिएका एक युवा बेहोस
नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा गरेको प्रदर्शनमा सहभागी हुने क्रममा बेहोस भएका ती युवालाई उपचारका लागि अस्पताल लगिएको छ।
काठमाडौं, असार ५ : नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका एक युवा बेहोस भएका छन्।
नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा गरेको प्रदर्शनमा सहभागी हुने क्रममा बेहोस भएका ती युवालाई उपचारका लागि अस्पताल लगिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाएपछि नागरिकताबाट वञ्चित भएको भन्दै केही समययता माइतघिरमा प्रदर्शन हुँदै आएको छ। आज भने प्रहरीले उक्त आन्दोलनमा हस्तक्षेप गरेको हो। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो।
नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ। उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तान नागरिकताविहीन छन्।
प्रकाशित मिति: १४:२३ बजे, मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












