जनशक्ति थप नगर्न स्थानिय तहलाई स्वाथ्य मन्त्रालयको निर्देशन
मन्त्रिस्तरीय निर्णय अनुरुप मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीबाहेकका पदमा कुनै पनि प्रक्रियाबाट पदपूर्ति नगर्न भनेको छ।
काठमाडौं, असार ५ : मन्त्रिपरिषद्को स्वीकृतीबिना जनशक्ति थप नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई निर्देशन दिएको छ।
मन्त्रिस्तरीय निर्णय अनुरुप मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीबाहेकका पदमा कुनै पनि प्रक्रियाबाट पदपूर्ति नगर्न भनेको छ।
बन्दै गरेका आधारभूत अस्पतालहरुमा यदी स्थानीय तहहरुले पदपूर्ति गरेको भए त्यस्ता कर्मचारीको तलब भत्ता व्यवस्थापन सम्बन्धित पालिकाबाटै गर्नुपर्ने निर्देशनमा उल्लेख छ।
निर्देशनमा समायोजनपत्र बुझी खटाएको ठाउँमा नगएका कर्मचारीलाई तत्काल रमाना गरी पठाउन र दरबन्दीभन्दा बढी भएका कर्मचारीको तलब भत्ता स्थानीय तहबाटै व्यवस्था गर्न भनिएको छ।
प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












