Kathmandu Press

ताप्लेजुङ पहिरो अपडेटः बावुछोराको मृत्यु, एकै परिवारका तीनजना अझै बेपत्ता

ताप्लेजुङ पहिरो अपडेटः बावुछोराको मृत्यु, एकै परिवारका तीनजना अझै बेपत्ता
Hardik ivf

ताप्लेजुङ, असार ५ः गत शनिबार राति ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६, मेहेलेमा गएको पहिरोमा परी बावुछोराको मृत्यु भएको छ भने एकै परिवारका तीनजना हालसम्म बेपत्ता छन् । स्थानीय र नेपाल प्रहरीको संयुक्त प्रयासमा बेपत्ताहरूको खोजी कार्य जारी छ ।

मृत्यु हुनेमा मेहेलेका ६७ वर्षीय केशरबहादुर राई र उनका छोरा ३६ वर्षीय केशरकुमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार बेपत्ता भएका भालुखोपकी ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, उनकी बुहारी ३० वर्षीया सन्ध्या र नाति ९ वर्षीय प्रज्ज्वल खोजी कार्य भइरहेको छ ।

सोही पहिरोमा परी गग्भीर घाइते अवस्थामा रहेका ४५ वर्षीय राजकुमार राईको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरिएको थियो । प्रतिकूल मौसमका कारण पाँचथर जिल्लामा आकस्मिक अवतरण गरेर त्यहीँ सुरूवाती उपचार भएको थियो । घाइते राईलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नै विराटनगरको न्यूरो अस्पताल लगिसकिएको छ ।
 

प्रकाशित मिति: १०:०० बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्