कोशी र गण्डकीका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना
लगातारको वर्षाका कारण पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढी पहिरो आएको छ । जनधनको क्षति भएको छ । यी जिल्लाका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ।
काठमाडौं, असार ५ : कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज (मङ्गलवार) पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
लगातारको वर्षाका कारण पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढी पहिरो आएको छ । जनधनको क्षति भएको छ । यी जिल्लाका केही ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ। ताप्लेजुङ, पाँचथर र सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
यस्तै आज पश्चिम तराईका जिल्लामा पनि हल्का पानि पर्ने अनुमान गरिएको छ । पश्चिमी क्षेत्रमा मनसुनको असर परेको छैन । तर अरब सागरमा विकसित भएको बिपरजोय आँधीको प्रभावले पश्चिमी क्षेत्रमा आज हल्का पानी पर्ने सम्भावना रहेको छ ।
प्रकाशित मिति: ०८:४६ बजे, मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












