Kathmandu Press

दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाले गठन गर्‍यो कार्यदल

कार्यदलमा पदाधिकारीबाट महामन्त्री डा. ढकाल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी छन् । अन्य सदस्यबारे निर्णय हुन बाँकी रहेको बताइएको छ।
दस्तावेजलाई अन्तिम रुप दिन रास्वपाले गठन गर्‍यो कार्यदल

काठमाडौं, असार ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन कार्यदल गठन गरेको छ। रास्वपाले सोमबार १७ सदस्यीय कार्यदल गठन गरेको हो।

महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा कार्यदल गठन गरिएको बताइएको छ। आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन रास्वपाले पदाधिकारीसहितको कार्यदल बनाएको हो ।

Hardik ivf

कार्यदलमा पदाधिकारीबाट महामन्त्री डा. ढकाल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटी छन् । अन्य सदस्यबारे निर्णय हुन बाँकी रहेको बताइएको छ।

दस्तावेजमाथि पटकपटक छलफल गरेर भदौको मध्यसम्म अन्तिम रुप दिने तयारी रहेका सो पार्टीले जनाएको छ।

प्रकाशित मिति: २०:१८ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्