Kathmandu Press

उपप्राध्यापक प्रेम चलाउनेसहितका व्यक्ति प्रहरी नियन्त्रणमा

उपप्राध्यापक प्रेम चलाउनेसहितका व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं, असार ४ : आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्ध धर्ना दिन आज जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउनेसहितका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणका लिएको छ।

अदालतभित्र उपप्राध्यापक चलाउने सहितका केही व्यक्तिले होहल्ला र नाराजुलुस गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले बताए।

Hardik ivf

‘अदालतमा होहल्ला गरेपछि प्रहरीले चलाउनेसहित केहीलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ,’ उनले भने । पक्राउ परेका अन्यको नाम भने आफू कहाँ नआएको उनले बताए।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि वि.सं २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले आक्रमण गरेका थियो। आक्रमण गर्नेविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ज्यानसम्बन्धी मुद्दा विचाराधीन रहेको जनाइएको छ।

भोलि ५ गते उक्त मुद्दाको पेसी तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको जानकारी पाएपछि मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गर्न उक्त टोली अदालत पुगेको बताइएको छ।

प्रकाशित मिति: १९:४७ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्