Kathmandu Press

भारतकाे रअ प्रमुखमा रबी सिन्हा

बिहारका मूल निवासी सिन्हा सन् १९८८ छतिसगढ क्याडरका आइपिएस अफिसर हुन्। सात वर्षयता उनी रअको अपरेसन हेड रहँदै आएका थिए।
भारतकाे रअ प्रमुखमा रबी सिन्हा

काठमाडाैं, असार १ : भारतकाे रिसर्च एन्ड एनालिसिस विङस (रअ) को रबी सिन्हालाई प्रमुख बनाइएको छ। सिन्हालाई जुलाई १ तारेखबाट कार्यकाल सुरु हुनेगरी रअ प्रमुखमा नियुक्त गरिएको हो।

बिहारका मूल निवासी सिन्हा सन् १९८८ छतिसगढ क्याडरका आइपिएस अफिसर हुन्। सात वर्षयता उनी रअको अपरेसन हेड रहँदै आएका थिए।

अहिले डिजीपी रहेका उनी एसएसपी पदमा हुँदा नै रअ मा प्रवेश गरेका थिए। जम्मु कसमिर र नर्थ इष्ट राज्यमा चलाइएको कतिपय अप्रेसनमा उनले नेतृत्व गरेका थिए।

पाकिस्तान, अफगानिस्तान र चीनमा समेत काम गरिसकेको अनुभव उनीसँग छ।कार्यरत थिए।

प्रकाशित मिति: १७:१० बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्