Kathmandu Press

एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा अनिलको उम्मेदवारी

संस्थाको पारदर्शीता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोश्रो कार्यकालमा आफू निर्विरोध निर्वाचित भएको पोख्रेल बताउँछन्।
एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा अनिलको उम्मेदवारी

काठमाडाैं, असार ४ : गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षका लागि  युवा अनिल पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। नयाँ नेतृत्व चयनका लागि एआरएनए अस्ट्रेलियाको निर्वाचन जुलाई २९ मा हुँदैछ।

अध्यक्षका आकांक्षी पोखरेल पेशाले सर्टिफाइड प्राक्टिसिङ एकाउन्टेन्ट (सीपीए) हुन्। एक दशकदेखि एनाअरएनएमा आवद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

Hardik ivf

संस्थाको पारदर्शीता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोश्रो कार्यकालमा आफू निर्विरोध निर्वाचित भएको पोख्रेल बताउँछन्।

एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो। उनी भन्छन्, ‘यो एनआरएन अस्ट्रेलियाको पारदर्शिताको प्रभावकारी कोशेढुंगा साबित भएको छ, त्यसबाहेक कोषाध्यक्षका रुपमा मैले अस्ट्रेलियन बहु सांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न पनि सफल भएको छु।’

एनआरएनलार्इ संस्थागत, प्रविधीमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिँदै आएका छन्। अहिलेसम्मका योगदान र व्यक्तिगत दक्षतालाई हेर्दै अष्ट्रेलियावासी नेपाली समुदायले आफूलाई साथ दिने उनको विश्वास छ।

उनले अध्यक्षका रूपमा आफ्नो दुई वर्षे कार्यकालमा काम गर्नका लागि योजना समेत तयार पारिसकेको भन्दै केही समयपछि त्यसलाई सार्वजनिक गर्ने बताए ।

सिड्नीका युवाको संगठन नेप्लीज युथ एशोसिएसन अस्ट्रेलिया, चितवन समाज अष्ट्रेलियालगायत संघ संस्थासँग आवद्ध भएर काम गरिसकेका अनिल अब भने एनआरएन अष्ट्रेलियाको नेतृत्व लिनेगरी तयारी गरिरहेका छन् ।

प्रकाशित मिति: १६:५० बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्