Kathmandu Press

राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिन सांसदको आग्रह

उनले नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर विश्व समुदायमा बोल्न पछि पर्न नहुनेमा जोड दिँदै विदेशस्थित नेपालका कूटनीतिक नियोगलाई पुनरावलोकन गरी प्रभावकारीरुपमा सञ्चालन गर्न माग गरे।
राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिन सांसदको आग्रह

काठमाडाैं, असार ४ : एमालेका सांसद रघुजी पन्तले आफ्नो राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्र मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदैै सांसद पन्तले सार्वभौम समानता र राष्ट्रिय स्वाधीनतामा आधारित रहेको नेपालको गौरवमय इतिहास र पञ्चशीलको परराष्ट्र नीति भएको मुलुकको छविलाई अन्तर्राष्ट्रियस्तरमा कायम राख्न आग्रह गरे।

उनले नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर विश्व समुदायमा बोल्न पछि पर्न नहुनेमा जोड दिँदै विदेशस्थित नेपालका कूटनीतिक नियोगलाई पुनरावलोकन गरी प्रभावकारीरुपमा सञ्चालन गर्न माग गरे।

प्रकाशित मिति: १६:४१ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्