Kathmandu Press

ब्रिगेड ब्वाइजमाथि पुलिसको कठिन जित

काठमाडौं, माघ २४ :  बिग्रेड ब्वाइजलाई हराउँदै नेपाल पुलिस क्लब ए डिभिजन लिग फुटबलको पाँचौ स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प....

ब्रिगेड ब्वाइजमाथि पुलिसको कठिन जित

काठमाडौं, माघ २४ :  बिग्रेड ब्वाइजलाई हराउँदै नेपाल पुलिस क्लब ए डिभिजन लिग फुटबलको पाँचौ स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइजलाई १–० ले हराउँदै लिगको पाँचौ स्थानमा उक्लिएको हो। पुलिसको जितमा खेलको २९ औं मिनेटमा भरत शाहले गरेको गोल नै निर्णायक बन्यो। 

पाँचौ स्थानमा उक्लिएको पुलिसले ११ खेलबाट १७ अंक जोडेको छ भने पराजित भएको ब्रिगेड समान खेलबाट ८ अंकका साथ लिगको ११ औं स्थानमा छ।  
 

प्रकाशित मिति: १७:३५ बजे, शुक्रबार, माघ २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्