Kathmandu Press

ए डिभिजन लिग : संकटालाई हराउँदै थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

काठमाडौं, माघ २४ : संकटा क्लबलाई हराउँदै थ्रीस्टार क्लब ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। 

सातदोबाटोस्थित एन्फा कम्प....

ए डिभिजन लिग : संकटालाई हराउँदै थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

काठमाडौं, माघ २४ : संकटा क्लबलाई हराउँदै थ्रीस्टार क्लब ए डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा संकटामाथि १–० को कठिन जित निकाल्दै थ्रीस्टार लिगको तेस्रो स्थानमा उक्लिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१ औं मिनेटमा अनन्त तामाङले गरेको गोल नै थ्रीस्टारको जितमा निर्णायक बन्यो। संकटाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई अनमार्क रहेका अनन्तले पोष्टको दिशा दिएका थिए। 

खेलमा थ्रीस्टारका कप्तान विक्रम लामा म्यान अफ दी म्यास घोषित भए। जितसँगै तेस्रो स्थानमा उक्लिएको थ्रीस्टारको ११ खेलबाट २० अंक भएको छ। पराजित भएको संकटाको ११ खेलबाट १५ अंक छ।
 
प्रकाशित मिति: १६:५२ बजे, शुक्रबार, माघ २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्