Kathmandu Press

‘अन्तर्राष्ट्रिय राष्ट्रपति शैक्षिक अवार्ड’ प्रदान

शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी, बागमती प्रदेश सरकारका विना विभागीयमन्त्री रामकृष्ण चित्रकार, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का उपाध्यक्ष दीपिका थापा, शिक्षालयका अध्यक्ष श्याम तण्डुकारले सो सम्मान संयुक्तरूपमा प्रदान गरे।
‘अन्तर्राष्ट्रिय राष्ट्रपति शैक्षिक अवार्ड’ प्रदान

काठमाडाैं, असार ३ : ‘दोस्रो अन्तर्राष्ट्रिय राष्ट्रपति शैक्षिक अवार्ड २०२३’ बाट आज शिक्षासेवी, शिक्षाकर्मी र शिक्षा पत्रकारलगायत विभिन्न व्यक्तित्वहरू सम्मानित भएका छन्।

शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी, बागमती प्रदेश सरकारका विना विभागीयमन्त्री रामकृष्ण चित्रकार, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का उपाध्यक्ष दीपिका थापा, शिक्षालयका अध्यक्ष श्याम तण्डुकारले सो सम्मान संयुक्तरूपमा प्रदान गरे।
 
नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव र भारतका ११औँ राष्ट्रपति एपिजे डा अब्दुल कमालका नाममा गत वर्षदेखि नेपालमा सो सम्मान प्रदान गर्न थालिएको हो। 

Hardik ivf

कार्यक्रममा ‘लाइभटाइम अचिभमेन्ट्स अवार्ड’ बाट आइन्स्टाइन एकेडेमीका संस्थापक अध्यक्ष कविराज राई, ‘भर्सटायल टिचर अवार्ड’ बाट लिटिल एन्जेल्स स्कुलका शिक्षक देवीदत्त पौडेल र ‘इनोभेटिभ अवार्ड’ बाट ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक बिके श्रेष्ठ सम्मानित भए। 

रु १० हजार राशिसहित ‘एजुकेशन जर्नालिष्ट अवार्ड’बाट नेपाल समाचारपत्रका ईश्वरराज ढकाल र रेडियो नेपालका यशोदा अधिकारीलाई पुरस्कृत गरियो।

यस्तै ‘टप पर्फरमेन्स अवार्ड’तर्फ डिएभी कलेजका निर्देशक सुमन बस्नेत, ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जन, ‘इनोभेटिभ प्रिन्सिपल अवार्ड’तर्फ जनकल्याण माविका प्रधानाध्यापक कुमारी कमला पौडेल र तक्षशीला एकेडेमीका प्रिन्सिपल नेत्रप्रसाद न्यौपाने, ‘डाइनामिक अवार्ड’ तर्फ क्याम्पियन कलेजका प्रिन्सिपल अनामिका श्रीवास्तव, ‘प्रोफेसन डेभलपमेन्ट्स अवार्ड’ तर्फ गोल्डेनगेट स्कुल, भक्तपुरका संस्थापक निर्देशक अञ्जु चिपालु जोशी र हिमालय कलेजका प्रिन्सिपल नरेन्द्र अधिकारी, ‘भोकेशनल एजुकेशनल अवार्ड’ तर्फ प्रारम्भिक बालविकास शिक्षा केन्द्रका लागि हल्याण्डका नागरिक रियान र नेशनल एकेडेमी हाइस्कुल, ‘आउस्ट्याण्डिङ अचिभमेन्ट्स अवार्ड’ तर्फ ब्लुबर्ड सेकेण्डरी स्कुल, ‘एजुकेशन इनफ्लुयन्स अवार्ड’ तर्फ सेन्ट जेभियर्स, गोदावरी, ‘वेलविइङ स्कुल  र कलेज अवार्ड’ तर्फ माउन्ट भ्यु बोर्डिङ स्कुल, भक्तपुर र कोशी सेन्ट जेम्स कलेज, सुनसरी, नेशनल कलेज अफ कम्प्युटर साइन्स’, ‘स्कुल एक्सिलेन्स अवार्ड’ तर्फ एनके सिंह मेमोरियल स्कुल र ‘माइलस्टोन अवार्ड’ बाट, ‘माइलस्टोन स्कुल अवार्ड’ तर्फ पद्मकन्या माविलाई लाई सम्मानित गरियो।

कार्यक्रममा शिक्षा राज्यमन्त्री प्रमिलाकुमारीले सरकारले सङ्घीय शिक्षा ऐन चाँडै सदनमा पेस गर्ने तयारी गरेको र प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिन कार्ययोजना बनाएको जानकारी दिनुभयो। उहाँले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले यसमा लगानी वृद्धि गरी समृद्ध नेपाल निर्माणमा सबैको योगदान हुनुपर्नेमा जोड दिए।

प्रदेशमन्त्री चित्रकारले शिक्षाका माध्यमबाट समाजमा क्रान्ति ल्याउन नसकेसम्म समृद्ध नेपाल निर्माण नहुने बताए। उनले सङ्घी शिक्षा ऐन ल्याउन ढिलाइ भएकाले शैक्षिक सुव्यवस्थापनमा समस्या आएको जनाए। 

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले विद्यार्थीलाई व्यावहारिक र असल चरित्रको नागरिक बनाउने शिक्षा र संस्कारका लागि घर र विद्यालय दुवैले मेहनत गर्नुपर्ने बताए।

प्रकाशित मिति: १८:३० बजे, आइतबार, असार ३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्