Kathmandu Press

आर्सनलका स्टार खेलाडी ओजिलले दिए सावित्रालाई जर्सी उपहार

काठमाडाैं, माघ २४ : नेपाली महिला फुटबल टोली स्टार खेलाडी सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन्। 

चौथो संस्करणको भा....

आर्सनलका स्टार खेलाडी ओजिलले दिए सावित्रालाई जर्सी उपहार

काठमाडाैं, माघ २४ : नेपाली महिला फुटबल टोली स्टार खेलाडी सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गरेकी छिन्। 

चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहेककी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसकेकी छिन्। चार खेलमा १२ गोल गरेकी सावित्रा जारी लिगमा सर्वाधिक गोलकर्ताका रूपमा रहेकी छिन्।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उनी लिग खेल्न माघ ७ गते भारत गएकी हुन्। दोस्रो पटक लिग खेलिरहेकी सावित्रा यसपटक गोकुलम क्लबबाट खेलिरहेकी छिन्। गत वर्ष उनले सेथु एफसीबाट खेलेकी थिइन्। सेथु गत संस्करणको च्याम्पियन पनि हो। सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गरेकी थिइन्। लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 

सावित्रालाई ओजिलको जर्सी 

भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ। ओजिलका एजेन्ट इकुट सोगुटले जर्सी सावित्रालाई हस्तान्तरण गरेका हुन्। जारी लिगमा सावित्रासम्मिलित गोकुलमले हालसम्म खेलेको चारवटै खेलमा जित हासिल गरेको छ।

लिग शुरु हुनअघि भएको छनोट खेलमा समेत उनले तीन गोल गरेकी थिइन्। सावित्रासँगै भारतीय लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेथु एफसीबाट खेलिरहेकी छिन्। सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेका छन्। रासस

प्रकाशित मिति: १६:१७ बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्