Kathmandu Press

शान्तिनगरका सुकुम्वासीलाई ‘सेतो पुर्जा’

पहिलो चरणमा वडाका पाँच सय ३४ जनालाई सेतो पुर्जा वितरण गरिएको वडाध्यक्ष जंगबहादुर पुनले जानकारी दिए।
शान्तिनगरका सुकुम्वासीलाई ‘सेतो पुर्जा’

दाङ, असार २ : दाङ शान्तिनगर गाउँपालिका-१ का भूमिहीन सुकुम्वासीलाई अस्थायी निस्सा ‘सेतो पुर्जा’ वितरण गरिएको छ। पहिलो चरणमा वडाका पाँच सय ३४ जनालाई सेतो पुर्जा वितरण गरिएको वडाध्यक्ष जंगबहादुर पुनले जानकारी दिए।

‘अतिविपन्न भूमिहीन सुकुम्वासीलाई पहिलो चरणमा सेतो पुर्जा वितरण गरेका छौं’, उनले भने, ‘अव्यवस्थित बसोबास गरेकालाई पनि व्यवस्थित बनाउने तयारीअनुरुप सेतो पुर्जा वितरण गरिएको हो।’

अब अमिनले फिल्डमा गएर नापजाँच गर्ने र सोहीअनुसार रातो पुर्जा पाउने उनको भनाइ छ। योसँगै शान्तिनगरमा भूमिसम्बन्धी समस्या समाधानको काम अघि बढेको पालिका अध्यक्ष प्रमोद बस्नेतले बताए।

‘पहिलो चरणमा वडा नं १ बाट पुर्जा वितरण सुरु भयो,’ उनले भने, ‘अब सबै वडामा यसरी पुर्जा वितरणको काम अघि बढाउनेछौं।”

प्रकाशित मिति: १९:२३ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्