Kathmandu Press

वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी मनाइयाे चुरे संरक्षण दिवस

समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन्।
वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी मनाइयाे चुरे संरक्षण दिवस

उदयपुर, असार २ : नवौं चुरे संरक्षण दिवस विभिन्न कार्यक्रमको आयोजना गरि देशैभरि मनाइएको छ। 

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले शनिबार स्थापनाको अवसरमा नवौं चुरे संरक्षण दिवस मनाएको हो। समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन्।

सरकारले २०७१ असार २ गते समितिको गठन गरेको थियो। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो।

दिवसका अवसरमा डिभिजन वन कार्यालय उदयपुरको आयोजना तथा डिभिजन वन कार्यालय हडिया सुन्दरपुरको समन्वयमा जिल्लाकै ठुलो नदी त्रियुगा नदिको उकास जग्गा आसपासका क्षेत्रमा वृक्षरोपण गरिएको छ।

चौदण्डीगढी नगरपालिका १० स्थित महाभारत सामुदायिक वन उपभोक्ता समितिको हाताभित्रको नदी उकास रहेको २० हेक्टार जग्गामा खयर, अमला र टिक जातको विरुवा रोपेर दिवस मनाइएको हो।

दिवस अन्तर्गत नै झन्डै एक हेक्टर जमिनमा खयरको बिउ मैकै रोपेझै रोपिएको छ।  पुर्वी नेपालको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३७ वटा जिल्लामा फैलिएको चुरे कूल भूभागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको छ।

 

प्रकाशित मिति: १५:३६ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्