Kathmandu Press

बेथानचोकको वडा नं. ६ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा कार्यक्रममा अध्यक्ष अधिकारीले शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार एवं संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गरे।
बेथानचोकको वडा नं. ६ अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

काभ्रे, असार २ : बेथानचोक गाउँपालिकाको वडा नं. ६ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ।

वडाध्यक्ष विष्णु तामाङको प्रस्ताव बमोजिम गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरेका हुन्। वडाभित्र चार वर्ष पुरा भई तेह्र वर्ष उमेर पुरा नभएका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेकाले वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको हो।

Hardik ivf

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा कार्यक्रममा अध्यक्ष अधिकारीले शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार एवं संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गरे।

उनले शिक्षालाई लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माणमा केन्द्रित गर्दै शिक्षामा सबैको सहज एवं समतामूलक पहुँच र निरन्तरता सुनिश्चितता गर्न आवश्यक रहेकाले शिक्षामा गाउँपालिकाले लगानी गर्न कञ्जुस्याँई नगर्ने बताए। अनिवार्य तथा निःशुल्क शिक्षाका माध्यमबाट कुनै पनि बालबालिका विद्यालय बाहिर नहुन भन्ने विषयमा गाउँपालिका गम्भीर रहेको पनि उनले बताए।

कार्यक्रममा बेथानचोक गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईले राज्यले अनिवार्य शिक्षाअन्तर्गत बालबालिकालाई निःशुल्क पोशाक, निःशुल्क पाठ्यपुस्तक, परीक्षा, भर्नालगायतका सम्पूर्ण शैक्षिक क्रियाकलाप निःशुल्क गरेकोले अन्तर्राष्ट्रिय मान्यता अनुसार अनिवार्य शिक्षा भनेको चार वर्ष पुरा भएकोदेखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालय भर्ना गराउने, उनीहरूलाई विद्यालय छाड्न नदिने तथा विद्यालयमै टिकाउन गर्नुपर्ने सम्पूर्ण लगानीमा राज्यको दायित्व भएकोले सोही अनुरुप गाउँपालिकाले कार्य गरिरहेको बताइन्।

उनले गाउँपालिकाको वडा नं. १ केही दिनपछि नै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा हुने बताउँदै अब बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा हुने जानकारी दिइन्। यसका लागि निरन्तर खपिटने सबैलाई उनले धन्यवाद दिइन्।

कार्यक्रममा वडा भित्र रहेका सबै विद्यालयका प्राधानाध्यापन, विव्यस अध्यक्ष वा प्रतिनिधि, शिक्षक अभिभावक संघका अध्यक्ष, प्रतिनिधि, विभिन्न दलका प्रतिनिधिलगायतको उपस्थिति थियो।

प्रकाशित मिति: १५:१३ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्