पत्रकार महासंघ काभ्रेको भवनको तला थप्न २० लाख बजेट विनियाेजन
शुक्रबार बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा महासंघ काभ्रेपलाञ्चोक शाखाको भवनको तला थपका लागि २० लाख रुपैयाँ बजट विनियोजन गरेको हो।
काभ्रे, असार २ : नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको भवनको तला थपका लागि बागमती प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
शुक्रबार बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषणमा महासंघ काभ्रेपलाञ्चोक शाखाको भवनको तला थपका लागि २० लाख रुपैयाँ बजट विनियोजन गरेको हो।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिप्रसाद तिमल्सिनाले बागमती प्रदेश सरकारले महासंघको भवनको तला थपका लागि २० लाख रुपियाँ विनियोजन भएकोमा आम काभ्रेली सञ्चारकर्मी खुसी भएको बताए।
उनले भवनको तला थपका लागि प्रदेश सरकारसँग करिब ७० लाख रुपियाँ माग गरिए पनि २० लाख मात्रै रकम विनियोजन भएको बताए। उनले बजेट विनियोजन गर्न सहयोग गर्ने नेपाली कांग्रेस जिल्ला सभापति तथा प्रदेश खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामालगायत सबै निकायलाई धन्यवाद दिए।
नेपाल पत्रकार महासंघको राष्ट्रिय तालिम केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले काम सुरु गरेपछि बनेपा नगरपालिकाले बनेपा नगरपालिका–६ बुडोलमा ६ आना जग्गा प्रदान गरेको थियो। आर्थिक वर्ष २०६५/०६६ देखि भवन निर्माणको काम सुरु गरेको थियो।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










