Kathmandu Press

इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

बचतकर्ताहरुको रकम हिनामिना गरी संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालक भण्डारी र रोकालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।
इमेज सहकारीका सञ्चालक र कर्मचारी पक्राउ

बाग्लुङ, असार १ : इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारी लालमति रोकालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

बचतकर्ताहरुको रकम हिनामिना गरी संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएपछि सञ्चालक भण्डारी र रोकालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

Hardik ivf

भण्डारीलाई प्रहरीले बिहीबार बुर्तिबाङ बजारबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ। साथै आज कर्मचारी लालमति रोकालाई प्रहरीले तारा खोलाबाट पक्राउ गरेको हो।

कर्मचारी रोकालाई पनि आजै जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ। अन्य सञ्चालकको खोजी भइरहको प्रहरीले जनाएको छ।

इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकम हिनामिना गरी परिवारसहित जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएका थिए।

प्रकाशित मिति: २०:४२ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्