Kathmandu Press

पहिलो विद्यार्थी आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाइँदै

विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाइँदै आएको हो।
पहिलो विद्यार्थी आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाइँदै

काठमाडौं, असार १ : नेपालको पहिलो विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम् दिवस’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।

विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न  पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाइँदै आएको हो। 

Hardik ivf

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलन पछि जहानियाँ राणा शासन विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाको नाका कटाएपछि त्यस घटनाले  जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाउनाका साथै कुना कन्दराका जनतालाई राणा शासक विरुद्ध संगठित गरेको थियो।

देशका विभिन्न भाग हुँदै विद्यार्थी भारतको वनारस पुगे। वनारसमा राणा शासन अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहनुभएका नेपाली कांग्रेसका संस्थापक विपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवा पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक भएका थिए।

त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन सुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ।

आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरुप दिई विधिवत्रुपमा दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागत रुपमा यो  दिवस मनाउन थालिएको हो ।

यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्र्यापण, पुष्पगुच्छासहित विश्व शान्तिको संकल्पसहित स्वस्ती वाचन गरिने जनाइएको छ।

प्रकाशित मिति: ११:३७ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्