Kathmandu Press

मगर समुदायको भुमे/भूम्या पर्व असार १ देखि ३ सम्म खुल्ला मञ्चमा मनाइने

नेपाल मगर संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघको आयोजना र भुमे पर्व प्रतिष्ठानको ब्याबस्थापनमा भुमे÷भूम्या पर्व खुल्ला मञ्चमा मनाउन लागिएको जानकारी दिएको हो।
मगर समुदायको भुमे/भूम्या पर्व असार १ देखि ३ सम्म खुल्ला मञ्चमा मनाइने

काठमाडाैं, जेठ ३२ : प्रकृतिको पुजा गरेर मनाइने मगर समुदायको भुमे/भूम्या पर्व असार १ गते देखि ३ गते सम्म खुल्ला मञ्च काठमाडौमा मनाइने भएको छ।

नेपाल मगर संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघको आयोजना र भुमे पर्व प्रतिष्ठानको ब्याबस्थापनमा भुमे÷भूम्या पर्व खुल्ला मञ्चमा मनाउन लागिएको जानकारी दिएको हो।

Hardik ivf

प्राकृतिक विपत्ति नआओस भूतप्रेत, ग्रहदशा जाउन्न बालीनालीमा किरा नलागोस भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भुमे÷भूम्या पर्व मनाउने प्रचलन छ।

भुमे/भूम्या पर्वको खुल्लामञ्चमा असार १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने र असार ३ गते पर्यटनमन्त्रीले समापन गर्ने कार्यक्रम रहेको मगर संघले जनाएको छ।

विशेष गरी अथार मगरात क्षेत्रमा मनाईने भुमे÷भूम्या पर्व पछिल्लो समय काठमाडौं उपत्यका लगायत बिदेशमा पनि मगर समुदायले धुमधामका साथ मनाउने गरेका छन।

भुमे/भूम्या पर्वको अघिल्लो दिन युवा युवतीहरुले बुकी (लेक) तथा अग्ला पहाडबाट ल्याएको फूल असार १ गते विहान बस्तीका हरेक घरमा भित्र्याएपछि भुमे/भूम्या भित्रिएको मानिन्छ। असार १ गते विहान बलि दिएर पूजा गरेपछि भुमे/भूम्या/नोकोबाङ्गे नाच सुरु हुने प्रचलन छ। 

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्