Kathmandu Press

विश्व रक्तदाता दिवसका  अवसरमा सात जिल्लामा रक्तदान

विश्व रक्तदाता दिवस १४ जुनका अवसरमा उक्त समाजको महोत्तरी शाखाले जलेश्वरमा आयोजना गरेको कार्यक्रममा २८ जनाले र चितवन शाखाले आयोजना गरेको कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन्।
विश्व रक्तदाता दिवसका  अवसरमा सात जिल्लामा रक्तदान
Hardik ivf

काठमाडाैं, जेठ ३२ : मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाले विभिन्न सात जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरेको छ।

विश्व रक्तदाता दिवस १४ जुनका अवसरमा उक्त समाजको महोत्तरी शाखाले जलेश्वरमा आयोजना गरेको कार्यक्रममा २८ जनाले र चितवन शाखाले आयोजना गरेको कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन्।
   
सोही समाजकै रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाको संयुक्त आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा तीन दर्जनले रक्तदान गरेका छन्। शान्ति समाज नुवाकोट शाखा र नुवाकोट आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा बट्टारमा सम्पन्न कार्यक्रममा ३४ जनाले रक्तदान गरेको जनाइएको छ।
   
यस्तै शान्ति समाज पाल्पा, बाँके र सुनसरी शाखाले पनि रक्तदान कार्यक्रम गरेका छन्। सन् २००४ देखि जुन १४ का दिन अन्तर्राष्ट्रियस्तरमै विश्व रक्तदाता दिवस मनाउने गरिएको छ। शान्ति समाजले आफ्नो स्थापना दिवस, राष्ट्रिय परिषद् बैठकलगायत विभिन्न सन्दर्भमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, जेठ ३२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्