Kathmandu Press

सबै गाडी नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्देशनको विरोध

यातायात व्यवसायी र विभिन्न संगठनहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरको उक्त निर्णयको विरोध गरेका छन्। यातायात व्यवसायीहरुले महानगरको उक्त निर्णय अव्यवहारिक भएको भन्दै सच्याउनसमेत माग गरेका छन्।
सबै गाडी नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्देशनको विरोध

काठमाडाैं, जेठ ३१ : यातायात क्षेत्रका विभिन्न संगठन र व्यवसायीहरुले असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्देशनको विरोध गरेका छन्।

यातायात व्यवसायी र विभिन्न संगठनहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरको उक्त निर्णयको विरोध गरेका छन्। यातायात व्यवसायीहरुले महानगरको उक्त निर्णय अव्यवहारिक भएको भन्दै सच्याउनसमेत माग गरेका छन्।

Hardik ivf

यातायात व्यवसायी र विभिन्न संगठनहरुले महानगरको उक्त निर्णयले यात्रुलाई असुविधा हुने, काठमाडौंमा ट्राफिक समस्या बढ्ने, यातायात व्यवसायीलाई सास्ती हुने र श्रमिकहरुको रोजीरोटी खोसिने भन्दै निर्णय पुनरावलोकन गर्न महानगरसँग माग गरेका छन्।

महानगरले निर्णय नसच्याएको खण्डमा सडक आन्दोलन गर्नेसमेत उनीहरुको चेतावनी छ। महानगरले निर्णयमा पुनरावलोकन गर्नुको विकल्प नरहेको यातायात व्यवसायीहरुको भनाइ छ। पूर्व अरनिको यातायात प्रा.लि. का अध्यक्ष केदार क्षेत्रीले यातायात क्षेत्र व्यवस्थापनमा कमजोरी रहे पनि अहिले नै यो निर्णय कार्यान्वयनका लागि चुनौती रहेको बताए। उनले महानगरले परिवर्तनको नाममा सुनियोजित रुपमा यातायात व्यवसायी र यात्रुलाई मर्का पर्नेगरी निर्णय गरेको आरोप लगाए।

त्यसैगरी नेपाल यातायात मजदुर संगठनका केन्द्रीय महासचिव जगन्नाथ गौतमले राज्यको लगानीबाट चल्नुपर्ने यातायात क्षेत्रमा निजी क्षेत्रले लगानी गरेर सरकारलाई सहयोग गर्दापनि यातायात व्यवसायीविरुद्ध महानगरले क्रुर निर्णय लादेको आरोप लगाए। काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने  सबै सवारीसाधनहरु गोंगबुस्थित् नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ।

लामो, मध्यम र छोटो दुरीका सम्पूर्ण सवारीसाधनमा यात्रु चढ्न र ओराल्न नयाँ बसपार्कमै पुर्याउनुपर्ने महानगरको निर्देशन छ। महानगरले विभिन्न ठाउँमा छरिएर रहेका टिकट बुकिङ काउन्टरसमेत बसपार्कभित्रै लैजान भनेका छन्।

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्