मकवानपुरमा ५४ लाखको सुनसहित एक पक्राउ
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब रु ५४ लाख ४८ हजार बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो।मकवानपुर, जेठ ३१ : मकवानपुर प्रहरीले रु ५४ लाख बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब रु ५४ लाख ४८ हजार बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौँडा आउँदै गरेको प्रदेश २–०३–००१ ख ०१५९ नंको बसमा उक्त सुनसहित युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको गौतमले बताउनुभयो । साहले जुत्ताको नोकभित्र पाँच सय ६१ दशमलव ३० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा समातिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:३४ बजे, बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता गर्नेबुधबार, मंसिर १२, २०८१
एमसीसीअन्तर्गतकाे प्रसारणलाइन निर्माणका लागि पुनः बोलपत्र आह्वानबुधबार, मंसिर १२, २०८१
सगुन दिएर प्रधानमन्त्री ओलीलाई ज्यापु दिवसमा बाेलाइयाेबुधबार, मंसिर १२, २०८१
एनपिएल खेल्न कर्णालीका वाल्टन र बाबर काठमाडौंमाबुधबार, मंसिर १२, २०८१