Kathmandu Press

रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको बताइएको छ।
रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

काठमाडौं, जेठ ३० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि  इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ।

मंगलबार बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उनीहरूबीच भेट भएको थियो।

Hardik ivf

भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको बताइएको छ।

भेटमा अन्य समसामयिक विषयमा पनि कुराकानी भएको थियो । त्यसअबसरमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी तथा अन्य केन्द्रीय सदस्यहरू पनि सहभागी  थिए।

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्